गौरीशंकर गाउँपालिका खारेमा घर आगालागी हुदाँ जलेर पूर्ण क्षेति

  किशोर कुमार गुरुङ  170 पटक हेरिएको

दोलखा । गौरीशंंकर गाउँपालिका ८, खारेमा आगालागी हुदाँ मान बहादुर शेर्पाको घर जलेर पूर्णरुपमा क्षति भएका छन् । आइतबार दिउँसो करिब ४ बजेतिर लागेको आगोले घरमा भएको अन्नपात, लत्ताकपडा लगायत सरसामन सबै जलेर नष्ट भएका हुन् ।

खारेको कसेरीस्थित शेर्पाको घरमा लागेको आगो करिब दुई घण्टापछि स्थानीय तथा खारे माध्यामिक विद्यालयका शिक्षक, विद्यार्थी लगायतको सहयोगले नियन्त्रणमा लिएको वडाअध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । वडाअध्यक्ष शेर्पाका अनुसार वर्षातको मौसम भएको हुदाँ घरमा खाना पकाउने दाउरा सुकाउने क्रममा अच्चानक आगालागी भएको हुनसक्ने बताउनुभयो । आगालागीबाट भएको एकिन क्षति विवरण भने आइनसकेको वडाअध्यक्ष शेर्पाले बताए ।

त्यसैगरी, घरमा कोहि नभएको बेला दिउँसो घट्ना भएका हुदाँ कुनै मानवीय क्षेति भने भएन । आगालागीले घरको भान्सा कोठा र सुत्ने कोठा दुबै गरी अन्नपात, लत्ताकपडा लगायत सबै सामाग्री जलेर पूर्णरुपमा नष्ट भएका छन् । हाल आगालागी पिडितहरुलाई स्थानीयले गाँसबाँसको अस्थायी व्यवस्था गरी साह्यता दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार