आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

  गाैरीशंकर टाइम्स संवाददाता  73 पटक हेरिएको

काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ । यो पर्व घरका मूलढोकामा नागको तस्बिर टाँसेर हरेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने गरिन्छ ।

यसरी नागको तस्बिर टाँसी पुजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी, नागको पूजा गर्ने प्रचलन वैदिक कालदेखि नै सुरु भएको थियोे । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार