पूर्वप्रधानमन्त्री ओलीद्धारा एसिया कप क्रिकेटमा सहभागी खेलाडीलाई विदाई

  गाैरीशंकर टाइम्स संवाददाता  116 पटक हेरिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा एसिया कपमा भागलिने क्रिकेट खेलाडीलाई शुभकामनासहित विदाई गर्नुभएको छ । अध्यक्ष ओलीले सोमबार रात्री भोज कार्यक्रम आयोजना गरी खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुहुदै शुभकामनासहित बिदाई गर्नु भएको हो ।

खेलाडीहरुलाई विदाई कार्यक्रम नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतले सञ्चालन गर्नु भएको थियो । कार्यक्रमा पाटी केन्द्रिय सदस्य सुनिता बराल, केन्द्रिय सदस्य गिरधारीलाल न्यौपाने, महानगरका उपप्रमुख सुनिता डंगोल, युवासंघ अध्यक्ष क्षितिज थेबे लगायत क्रिकेटका प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेल लगायत क्रिकेट टोलीको सहभागिता रहेको नेपाल खेलकुद महासंघका प्रवक्ता तिर्थबहादुर खड्काले जानकारी दिनुभयो । प्रवक्ता खड्काका अनुसार सहभागी खेलाडीलाई मनोवल र खेलप्रति उत्साह बढाउनका पार्टी अध्यक्षले विदाईसहित रात्रीभोज कार्यक्रम आयोजना गर्नुभएको बताउनुभयो ।

खेल खेलेर बाच्न सक्ने आधार तयार गर्ने, खेल खेलेर नेपाललाई चिनाउने र खेलको माध्यमबाट समृद्व नेपाल सुखी नेपालीको आकांक्षालाई पुरा गर्ने उद्देश्य राखेर सम्पुर्ण क्रिकेट टिमलाई पुर्वप्रधानमन्त्री ओलीले शुभकामनासहित बिदाई गर्नु भयो । खेल क्षेत्रमा अध्यक्ष ओलीको प्रेरणा र हौसलाले सिंगो खेल र खेलाडीहरुको अभिभाबकत्व ग्रहण गर्नुको साथै सिंगो खेल जगतनै उत्साहित भइ नया उर्जा थपिएको राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले बताए ।

त्यसैगरी, खेलाडीहरुलाई हौसला प्रदान गर्न बिदाई कार्यक्रम आयोजना गरेकोमा अध्यक्ष ओलीप्रति नेपाल खेलकुद महासंघका अध्यक्ष परर्शराम बस्नेतले आभार व्यक्त गरिनुका साथै नेपाली क्रिकेट टिमलाई जितको शुभकामना दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार