धादिङको छहरानजिकै त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु, ८ भन्दा बढी घाइते

  गाैरीशंकर टाइम्स संवाददाता  141 पटक हेरिएको


काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका १, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ बजेतिर सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । घटनास्थलबाट १६ जनाको उद्धार गरिएको र तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी जयसवालले जानकारी दिए ।

घटनास्थलमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका छन् । दुर्घटनाग्रस्त बस आदिभाग खोलामा डुबेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार