काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली भैइरहेको छ । कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुका साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले नदी तथा तटीय आसपास क्षेत्रमा बाढीपहिरो आउन सक्ने संम्भावना रहेको हुदाँ सर्तका रहन समेत आग्रह गरेको छ ।