काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो ।
नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको थियो । मलेसियाको वायोमास ओभलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएका थिए ।
त्यसैगरी, आज भएको अर्को खेलमा कुवेतलाई हराउँदै मलेसियाले तेस्रो स्थान हात पारेको छ । जितका लागि मलेसियाले दिएको १ सय १३ रनको लक्ष्य पछयाएको कुवेतले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ७७ रनमा समेटिएपछि मलेसियाले तेस्रो स्थान हात पारेको हो ।