रोल्वालिङ हाइड्रो २२ मेघावटको लगानी स्विकृत

  किशोर कुमार गुरुङ  241 पटक हेरिएको

काठमाडौं । सरकारले रोल्वालिङ खोला हाइड्रो २२ मेघावट निर्माणको लागि लगानी स्विकृत गरेको छ । लगानी बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुक्रबार बसेको बैठकले रोल्वालिङ खोला जलविद्युत् परियोजना निर्माणका लागि लगानी स्वीकृत गरेको हो ।

माथिल्लो तामाकोसी आयोजनाले ४५६ मेघावाट विधुत उत्पादनका लागि रोल्वालिङ खोला डाईभर्सन गर्नु पुर्व रोल्वालिङ हाइड्रोबाट २२ मेघावाट विद्युत उत्पादन गरिनेछ । सो आयोजना तामाकोसीकै स्वामित्वमा निर्माण हुने भएको हुदाँ सरकारले शुक्रबार लगानी स्विकृत गरेका हुन् ।

सरकारको स्वमित्वामा निर्माण हुने जलविद्युत परियोजनाको लागि लगानी बोर्डले रोल्वालिङ खोलासहित छुजुङ खोला, दाना खोला र सानीभेरी गरी चार वटा आयोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

त्यसैगरी, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले २२ मेगावटको रोल्वालिङ हाइड्रो निर्माणका लागि लगानी जुटाउन हकप्रद शेयर निस्काशन भदौ १८ गतेबाट आह्वान गरिसकेको छ । कम्पनीले हकप्रद शेयर निस्काशन पश्चात रोल्वालिङ खोला जलविद्युत परियोजना निर्माणको प्रक्रिया अगाडी बढाउने जनाएको छ । रोल्वालिङ हाइड्रो दोलखाको उत्तरी गौरीशंकर गाउँपालिका ९, रिकुको भुमीगत स्थलमा निर्माण हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार