अप्पर तामाकोशी किनारका ओलीटारमा पहिरोले चार घर क्षेति

  गाैरीशंकर टाइम्स संवाददाता  141 पटक हेरिएको

दोलखा । विगु गाउँपालिका ३, लादुकको ओलीटारमा गएको पहिराले चार घरमा क्षति पुर्‍याएको छ । शनिबार राती अविरल वर्षाको कारण घरमाथिबाट आएको पहिरोले पुरिदा ओलीटारमा रहेको चार घर पुर्णरुपमा क्षति भएको हो ।

तामाकोशी किनार ओलीटारमा रहेको राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा पहिरोले क्षति पुर्याएको छ । पहिरोमा परी पशुचौपाय, अन्नपात, घरयासी सामाग्री र लत्ताकपडासहित धानखेत पनि पुरेर क्षति भएको छ । स्थानीय कुमार खड्काका अनुसार राति पहिरो आएपछि स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका छन् । पहिराले भैंसी लगायतका चौपायासहित धानखेत पनि पुरेको उनले जानकारी दिए ।

त्यसैगरी, पहिरोका कारण उत्तरको मुख्य बजार सिंगटीबाट अप्पर तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र विगु गाउँपालिकाका केही वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार