गौरीशंकरमा विद्यालयस्तरीय विज्ञान प्रर्दशनी प्रतियोगिता हुने

  किशोर कुमार गुरुङ  189 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिकामा विद्यालयस्तरीय विज्ञान प्रर्दशनी प्रतियोगिता हुने भएको छ । आगामी असोज १ गते विज्ञान दिवसको अवसरमा माध्यमिक तहमा अध्यायनरत विद्यार्थीहरुबीच विद्यालयस्तरीय प्रर्दशनी प्रतियोगिता हुनलागेको हो ।

गाउँपालिकाले विज्ञान दिवसका अवसरमा सिर्जनशीलता, खोज, अनुसन्धान, एवं नवप्रतिभालाई प्रवद्र्धन गरी भविष्यमा व्यवहारिक र दक्ष जनशक्ति उत्पादन गराउने लक्ष्यले विज्ञान प्रदर्शनी प्रतियोगिता गर्न लागेको पालिका शिक्षा अधिकृत भीमसेन विष्टले जानकारी दिनुभयो । उनका अनुसार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले माध्यमिक तहमा अध्यायनरत छात्रछात्राको सिप तथा क्षमता अभिबृद्धिका लागि विज्ञान प्रतियोगिताले सहयोग पर्याउने समेत बताए ।

त्यसैगरी, विज्ञान प्रर्दशनी प्रतियोगितामा पालिका भरका माध्यामिक तह विद्यालयले भाग लिन सकिनेछ । प्रतियोगितामा प्रत्येक विद्यालयले कम्तिमा एक छात्रासहित दुईजना विद्यार्थीहरुको परिचयपत्रसहित सिफारिसपत्रका साथ सहभागी गराउनु पर्नेछ । प्रतियोगिता आगामी असोज १ गते पालिका कार्यलय सुरीमा सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार