सुन तस्करीको आरोपमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

  गाैरीशंकर टाइम्स संवाददाता  89 पटक हेरिएको

काठमाडौं । माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट ९भेप० मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो ।

नेपाली प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको बताए । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो ।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र उनका छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो । तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन् । आरोपित महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको थियो ।

त्यसैगरी, २०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र उनका छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार