काठमाडौं । नेपाल आयल निगमले बिहीबार राती १२ बजेबाट लागु हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ४, डिजलमा ३ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँले वृद्धि गरिएको छ ।
योसँगै काठमाडौंमा पेट्रोललाई प्रतिलिटर १८२ र डिजेलर मट्टीतेललाई १७० रुपैयाँ पर्ने छ ।
ग्यासमा बढेको मूल्य अनुसार प्रतिसिलिन्डर १,८९५ पुगेको छ । यसअघि ग्यास प्रतिसिलिन्डर १,६६० रुपैयाँ रहेको थियो ।
निगम संचालन समितिको बिहीबारको बैठकले मूल्य बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।