काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा पारसले उमेश पियालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
आज भएको मतदानमा पारसले २३ मत पाउदा उमेशले १४ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा प्रेम क्षेत्री विजयी भएका छन् । उनले रुपक रञ्जितलाई २३/१४ मतले पछि पारेका थिए । सचिवमा प्रशन्न शाक्यले प्रज्वल सापकोटालाई २३/१४ अन्तरले पछि पार्दै विजयी भएका छन् । कोषाध्यक्षमा सन्जय बस्नेतले विजय बोहरालाई हराउदै निर्वाचित भए ।
सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोक पोखरेल, सुजन महर्जन, निरा राजोपाध्यय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल र अनुजमान श्रेष्ठ निर्वाचित भए ।
त्यसैगरी, नेपाल क्रिकेट संघ अन्तर्गतका सबै प्रदेशका निर्वाचन सकिएका छन् । क्यानको केन्द्रीय समितिको निर्वाचन आगामी असोज ५ र ६ मा हुँदैछ ।