काठमाडौं । महिला टी-२० विश्वकपको एसियाली छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो ।
पहिला ब्याटिङ गरेको बहराइन १५/४ ओभरको ३१ रनमा अलआउट भएको थियो । जितको लागि नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् ।
नेपालले २/५ ओभरमा विकेट नगुमाई लक्ष्य भेट्टायो। नेपालले १३ अतिरिक्त रन पाएको थियो। कविता कुँवरले अविजित १७ र सिता रानामगरले २ रन बनाइन् ।
त्यसैगरी, अघिल्लो खेलमा नेपालले मलेसियामाथि ५ रनको रोमान्चक जित हात पारेको थियो ।