काठमाडौं । बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रादेशिक कार्यालय खोल्न बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढीसकेको जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले दशैं अगावै एकिकृत प्रादेशिक कार्यालय सञ्चालनमा ल्याउने प्रदेश सरकारको तयारी रहेको बताउनु भयो । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि करिव ६२ अर्ब रुपैँयाको बजेट ल्याएको छ ।
त्यसैगरी, प्रदेश सरकारले बजेट कार्यान्वयन गर्नका लागि प्रादेशिक कार्यालय खोल्न लागिएको समेत कानुनमन्त्री श्रेष्ठले बताउनुभयो । जिल्लामा प्रादेशिक कार्यालय स्थापना भए पश्चात सरकारी कामकाजको लागि सर्वसाधरणहरु प्रदेश राजधानी हेटौँडा धाउनु पर्ने समस्याको अन्त्य हुनेछ ।