रानीबारी महिला समाजद्धारा साँस्कृतिक पर्व तिज कार्यक्रम सम्पन्न


रमिला बस्नेत, काठमाडौ । सामाखुशीस्थित रानीबारी महिला समाज र महिला जागरण समुहले संयुक्त रुपमा तिज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार लाजिम्पाटस्थित सम्पदा गाडेन होटलमा रानीबारी महिला समाजले एक आपसमा खुशीयाली साटसाट, भेटघाट तथा शुभकामना आदनप्रदान गरी साँस्कृतिक पर्व तिज मनाएका हुन् ।

महिला समाजद्धारा आयोजित कार्यक्रमले मनोरञ्जन मात्र प्रदान नगरि रितिरिवाज, पराम्परागत धर्म साँस्कृतिको संरक्षण, सम्र्बधन गर्नुको साथै महिलाले पनि रोजगारीको सिर्जना गरि आर्थिक विकासमा टेवा पुर्याउनुपर्छ भन्ने सन्देशका साथ तिज कार्यक्रम आयोजना गरिएको थियो । तिज पर्वले साँस्कृतिक, धामिर्क, सामाजिक, वैज्ञानिक विशेषता तथा महत्व बोकेको हुदाँ संरक्षण र सम्र्बधन गर्नु पर्ने महिलाहरुको धारणा रहेको छ ।

हाम्रो धर्म संस्कृतिको संरक्षण सम्र्बधर्न गर्न र नारीहरू आर्थिक उपार्जनको लागि समेत सक्रिय हुनुपर्ने धारण रहेको छ । उनीहरुले घरको काम गर्नुपर्ने तर पुरुषले नगरेपनि हुने हुदा नारीले आफ्नो बारेमा पनि सोच्न पाउनुपर्छ भन्ने उद्देश्यले तिज कार्यक्रम वर्षेनी मनाउदै आएको छ । तिज पर्वले परापूर्वकाल देखिनै नारीकहरूका हकहितमा सन्देश दिदै आएको छ । अलिहले पछिल्लो समयमा तिज पर्व खर्चिलो र भड्किलो भई विकृति भित्रिएका हुदाँ यसप्रति सचेत हुनका लागि महिलाहरुले जोडदिएका छन्  ।

तिजको ब्रत लिने चलन सत्ययुग बाट चलेको पाइन्छ । तिजको ब्रतमा दिनभर पानी पनि नखाई भगवान् शिवजीको पुजाआराधाना गरी निरहार बस्ने चलन रहेको छ । तिजमा नारी र पुरुष दुवै मिलेर ब्रत बस्नुपर्छ भनेर शास्त्रमा भनिएकोछ छ । तिजको ब्रत बस्नाले घरमा सुःख, सान्ति, सम्बृद्धि, उन्नति, प्रगति, पतिको लामो आयु र सोयम आफ्नो पनि स्वस्थ्य र दिर्घायुको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ ।

त्यसैगरी, रानीबारी महिला समुहले आगामी कार्यक्रममा महिला दिदिबहिनीहरुले आफ्नो सिप, स्थानिय स्रोत र साधन प्रयोग गरी आयआर्जनमुलक व्यवसाय गरी उत्पादन गरेका बस्तुहरुको स्टल राखी तिज मेला मनाउने अग्रज महिलाहरुले बताएका छन् । कार्यक्रममा टोलका महिला दिदीबहिनीहरुको साथै काठमाडौं महानगरपालिका ३ को महिला वडासदस्य सिता थापा र काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलको धर्मपत्नी एन्जिला न्यौपानेसमेत सहभागीता रहनु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार