नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेद्धारा राजिनामा

  गाैरीशंकर टाइम्स संवाददाता  156 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले प्रदेश संसदीय दलको प्रमुख सचेतक पदबाट राजनीनाम दिनुभएको छ । सांसद काफ्लेले दोहोरो जिम्मेवारीबाट जनसेवा र विकास निर्माण कार्यका लागि समय अभाव हुने भन्दै संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनाम दिनुभएको हो ।

सांसद काफ्लेले पार्टी राजनीतिमा थप भूमिका निर्वाह गर्ने भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह तामाङ समक्ष राजिनामा बुझाउनु भएको छ । मंगलबार विहान बागमती प्रदेश संसदीय दलका कार्यालय हेटौडा पुगी प्रमुख सामक्ष राजीनामा पत्र बुझाएका हुन् ।

काफ्लेले पार्टी केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नयाँ उर्जा भर्ना र थप क्रियाशिल हुन तथा दोलखाली जनताको सेवामा थप समर्पित हुन राजिनामा दिएको बताउनु भयो । प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र दोलखाली जनताको सेवामा समय अभावको महशुस गरेको उहाँले बताउनुभयो । युवा नेता काफ्ले दोलखा प्रदेशसभा ‘क’ वाट निर्वाचित बागमती प्रदेशसभा सदस्य समेत हुनुहुन्छ ।

त्यसैगरी, सांसद काफ्लेले पार्टी र जनताको सेवामा थप समर्पित हुनकै लागि राजिनामा दिएको र अन्य कुनै कारण नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले गतिशिल र सबल कांग्रेसले मात्रै देश र लोकतन्त्रको भबिष्य सुनिश्चित हुने हुदाँ अब देश र जनताको हितमा काम गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार