आज देशभर श्रीकृष्ण जन्माष्टमी मनाइँदै

  गाैरीशंकर टाइम्स सम्बाददाता  130 पटक हेरिएको

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइँदैछ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्री ‘कृष्ण जन्माष्टमी’ देशभर भगवान श्रीकृष्णको पूजा आरधाना गरी श्रद्धा भक्तिपूर्वक मनाउन लागिएको हो ।

कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ । ज्ञानयोग्य, कर्मयोग्य र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्धापर युगमा भाद्रकृष्ण अष्टमी अर्थात आजकै मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

कृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा आरधना, प्रवचन, भजन किर्तन गर्नका साथै विशेष गरी महिलाहरु व्रत बसी रातभर जाग्राम बस्ने गर्छन् ।

कृष्ण जन्माष्टमीका अवसरमा आज मुलुकभरका कृष्ण मन्दिरहरुमा विशेष मेला लागिरहेको छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रुपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध रहेका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार