डेंगु संक्रमणबाट काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधन

  गाैरीशंकर टाइम्स संवाददाता  127 पटक हेरिएको

काठमाडौं । काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणबाट निधन भएको छ । वडाध्यक्ष रिजालको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा डेंगु संक्रमणबाट निधन भएको हो ।

डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको नेपाली कांग्रेस नेतृ सिर्जना सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

त्यसैगरी, रिजाल गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् । महानगरपालिकाले राष्ट्रिय सभागृहमा आज बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार