युवा संघ दोलखाको अध्यक्षमा सरोज बस्नेत निर्वाचित

  गाैरीशंकर टाइम्स सम्बाददाता  113 पटक हेरिएको

दोलखा । राष्ट्रिय युवा संघ दोलखाको अध्यक्षमा सरोज बस्नेत निर्वाचित भएका छन् । युवा संघ दोलखाको नवौं जिल्ला अधिवेशनबाट बस्नेत निर्वाचित भएका हुन् ।

युवा संघको नवौं अधिवेशनले ६३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिको छ । नव निर्वाचित जिल्ला कमिटीमा उपाध्यक्ष सुजन श्रेष्ठ, सचिव सुरज खड्का, सहसचिव मिलन खड्का, हरिवंश बुढाथोकी र कोषाध्यक्ष अप्सरा जिरेल रहेका छन् ।

युवा संघको सदरमुकाम चरिकोट सातदोबाटोबाट झाँकी र बाजागाजासहित निकालिएको र्याली चरिघ्याङस्थित ए वान पार्टी प्यालेसमा पुगेर उद्घाटन सभा भएको थियो ।

त्यसैगरी, युवा संघको उद्घाटन सभा भुवन गुरुङको अध्यक्षता र राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार