संविधानसभा पूर्वअध्यक्ष एवं एमालेका उपाध्यक्ष नेम्वाङको निधन

  गाैरीशंकर टाइम्स संवाददाता  114 पटक हेरिएको

काठमाडौं । संविधानसभाका पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । पूर्वसभामुख नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो ।

उनको निवासमै हृदयघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उहाँको बाटोमै निधन भएको अस्पतालले जनाइएको छ । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उहाँलाई राती १:२० बजे अस्पताल ल्याएको थियो ।

यसैबीच शिक्षण अस्पतालमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरु पुगेका छन् । नेम्वाङको निधनको खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार