पूर्वसभामुख नेम्वाङलाई राजकीय सम्मानका साथ अन्त्येष्टि

  गाैरीशंकर टाइम्स संवाददाता  49 पटक हेरिएको

काठमाडौं । सरकारले संविधान सभाका अध्यक्ष सुवास एवं पूर्वसभामुख नेम्वाङलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय गरेको हो ।

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिनुभयो ।

मन्त्री किरातीका अनुसार सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । संविधान सभा अध्यक्ष नेम्वाङको सोमबार बिहान निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार