एसईई खारेज हुदै, कक्षा ८ को परिक्षा स्थानीय तह र १२ को बोर्डले गर्ने

  गाैरीशंकर टाइम्स संवाददाता  67 पटक हेरिएको

काठमाडौं । लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसदमा दर्ता भएको छ ।शिक्षासम्बन्धि कानुन संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा दर्ता भएको हो ।

संसदमा दर्ता भएको विधेयकमा कक्षा १० को एसईई खारेज गरि जिल्ला शिक्षा कार्यालयलाई फेरि ब्यूँताइएको छ । विधेयकमा विद्यालय तहको कक्षा ८ को परिक्षा स्थानीय तह र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने उल्लेख गरिएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कक्षा १० को परीक्षा विद्यालयले नै लिने भएतापनि ‘एसईई नरहने बताए । कक्षा १० को परीक्षा विद्यालयले लिने, ८ को स्थानीय तह र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने उनले बताए । यो विधेयक संसदबाट पारित भएमा ११९० सालदेखि हुँदै आएको एसएलसी÷एसईई खारेज हुने छ ।

उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसदमा पेस गर्न स्वीकृति दिएको थियो ।तर सदन नपुग्दै विधेयकका दफा–उपदफामा समेटिएका विभिन्न प्रावधान सामाजिक सञ्जालबाट छरपस्ट भएपछि रोकिएको थियोे ।

त्यससँगै विधेयकको विरोध तथा विभिन्न आन्दोलन सुरू भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन गरेपछि मात्रै संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि विधेयक रोकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार