तिनकुनेस्थित दिव्य स-मिलमा चार जनाको हत्या गर्ने अभियुक्त पक्राउ

  गाैरीशंकर टाइम्स संवाददाता  72 पटक हेरिएको

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सिसिटिभी फुटेजका आधारमा आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ति आरोपित व्यक्तिले प्रारम्भिक वयानका क्रममा चार जनाको हत्या घट्नामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका आरोपीको साथबाट हत्या गर्न प्रयोग गरिएको खुकुरीसमेत बरामद भएको जनाएको छ ।

उनले चारजनाको हत्या आफु एक्लैले गरेको स्वीकार गरि वयान दिएका छन् । उनलाई प्रहरी परिसरको विशेष टोलीले पक्राउ गरि पहिचान भने प्रहरीले गोप्य राखेको छ ।

शुक्रबार राति मिलको सुरक्षागार्डका रूपमा काम गर्ने दोलखा कालिञ्चोक गाउँपालिका–८, का ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो ।

सो घटनाको अनुसन्धानका लागि प्रहरीले नवीन राईकै आफन्त पर्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । तर, उक्त घटना दिपेन्द्रको कुनै संलग्नता नदेखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न उपत्यका अरापध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरको नेतृत्वमा समिति गठन नै गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार