भीमेश्वरमा मान्छेमाथि आक्रमण गर्ने राँगोलाई गोली हानी मारियो

  गाैरीशंकर टाइम्स संवाददाता  58 पटक हेरिएको

दोलखा । मानिसमाथि आक्रमण गर्न थालेपछि राँगोलाई गोली हानेर मारिएको छ । भीमेश्वर नगरपालिका–५, पुछारमाटीमा मानिसमाथि आक्रमण गर्ने राँगोलाई गोली हानेर मारिएको हो ।

स्थानीय भगवान बस्नेतको घरमा पालिएको उक्त बीउ राँगोले फुकेर उनकी श्रीमती ६० वर्षीया सावित्रामाथि आक्रमण गरी घाईते बनाएको थियो । घाइते उनलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल दोलखामा पुर्याएको छ ।

त्यसपछि स्थानीयले राँगोलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर राँगोले अरू व्यक्तिमाथि समेत आक्रमण गरेपछि नियन्त्रणको प्रयास असफल भएको थियो । सो जानकारी पछि स्थानीय प्रहरी चौकीबाट प्रहरीको टोली घट्नास्थल पुगेको थियो । तर प्रहरी चौकीको सो टोली र स्थानीयले समेत राँगो नियन्त्रणमा लिन नसक्ने देखिएपछि जिल्ला प्रहरी कार्यालय दोलखामा खबर गरेको थियो ।

त्यसपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दा राँगो नियन्त्रणमा लिने व्यवस्थाका लागि स्थानीय प्रशासनको निर्देशनपछि प्रहरीले रागोलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उक्त राँगो नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोली ‘फायर’ गरिएको थियो । राँगोलाई नियन्त्रणमा लिनका लागि गोली प्रहार गरी मारिएको दोलखा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार