दोलखामा अवैध सुनसहित तीनजना पक्राउ

  गाैरीशंकर टाइम्स संवाददाता  280 पटक हेरिएको

दोलखा । विगु गाउँपालिकाबाट चार किलो अवैध सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ विगु गाउँपालिका वडा नम्बर ३ जामुनेबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिँगटीले जनाएको छ ।

पक्राउ परेका तीनै जना नेपाली रहेको प्रहरीले जनाएको छ । चीनसँग दुईओटा टासिगाङ र रोङजिया नाका खुलेको केहि दिनमै चीनबाट सुन छिराईएको आशंका गरिएको छ । एक–एक किलोको सुन जस्तै देखिने चार टुक्रा पहेँलो धातुसहित तीनजना पक्राउ गरिएको सिंगटी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

पैदलमार्ग मार्फत सुन भित्रिएको र थप अबैध सुन आएको हुनसक्ने आशंकामा प्रहरीले निगरानी र खोजी कार्य तिब्र बनाएको छ । जिल्लामा चीनको चिब्बती नाका खुलेको एकसाता नबित्दै अबैध सुन बरामद भएको हो ।

दोलखाको उत्तरी नाका लामाबगर र तिब्बतको सिमा क्षेत्रबाट सुन बरामद भएको सम्भवतः पहिलो पटक हो । केही दिन अघि मात्रै खुलेको लप्ची नाकाबाट लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । चिन सरकारले तिब्बती सीमा लामावगर तर्फको एउटा नाका गत साता मात्र खुलाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार