दोलखाको सुन प्रकरणमा थप दुई जना पक्राउ गरी आरोपित पाँच जना सार्वजनिक

  गाैरीशंकर टाइम्स संवाददाता  67 पटक हेरिएको


दोलखा । विगु गाउँपालिका १, लामावगर नाका हुँदै ल्याईएको अवैध सुन ओसारपसारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले आज दिउँसो सदरमुकाम चरिकोटबाट बिगु गाउँपालिका–१ लामावगरका ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र सोही स्थानकी ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको हो ।

अवैध सुन ओसारपसारको गय राति दोलखा प्रहरीले जिल्लाको विगु गाउँपालिका–१ स्यालुका २८ वर्षीय केशर तामाङ, विगु–१ लामाबगरका १८ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोंगरका २० वर्षीय माधव मगरलाई पक्राउ गरेको थियो । चीनबाट अवैध रुपमा ल्याएको सुन लुकाएर राखेको सुचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सिंगटीको जामुनेस्थित एक होटलबाट केशर तामाङलाई ४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसपछि उनको बयानको आधारमा राज तामाङ र माधव मगरलाई पक्राउ परेका थिए । पक्राउ परेकाहरु र बरामद भएको ४ किलो सुनसहितको सामान जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा दोलखाका प्रहरी प्रमुख दिपक खड्काले बरामद भएको सुन जस्तो धातुको तौल ४ किलो भएको र सुन पुष्टि भएमा त्यसको बजार मुल्य ३ करोड ७७ लाख ४७ हजार ८०५ रुपैयाँ हुने जानकारी दिनुभयो । उहाँका अनुसार बरामद भएको सुन लामावगरको फलाक नाकावाट नेपाल भित्रिएको बताए । चिनियाँ नागरिक र नुर्वु छिरिङ मार्फत सुन पठाएको र उनले अन्य व्यक्तिलाई ओसारपसारमा संलग्न गराएको डिएसपी खड्काले बताउनुभयो ।

त्यसैगरी, बरामद भएको सुन परिक्षणकालागि काठमाडौं पठाईने प्रहरीले जनाएको छ । अवैध सुन प्रकरणमा अरुपनि संलग्न हुनसक्ने भन्दै प्रहरीले खोज अनुसन्धानलाई व्यापक बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार