दोलखामा प्रहरीले थप तीन किलो सुन बरामद

  गाैरीशंकर टाइम्स संवाददाता  184 पटक हेरिएको

दोलखा । प्रहरीले विगु गाउँपालिका ३, जामुनेवाट थप तीन किलो सुन बरामद गरेको छ । चीनको तिव्वतवाट फलाक नाका हुँदै भित्रिएको सुन लुकाएर राखेको आशंकामा शुक्रबार गरिएको खोजतलाशको क्रममा थप ३ किलो सुन बरामद भएको हो ।

अवैध सुन कारोवारमा पक्राउ गरी प्रहरी हिरासतमा रहेका बिगु गाउँपालिका–१ लामावगरका केशर तामाङले दिएको बयानका आधारमा जामुनेस्थित सिता तामाङको घरवाट थप तीन किलो सुन बरामद गरेको जिल्ला प्रहरी प्रमुख दिपक खड्काले जानकारी दिनुभयो ।

बुधवार राति प्रहरीले सोही स्थानवाट ४ किलो सुन सहित केशर तामाङलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार