एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

  गाैरीशंकर टाइम्स संवाददाता  180 पटक हेरिएको

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी बागमति प्रदेशको पहिलो अधिवेशनबाट ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

रामेछाप स्थायी घर भएका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् । उनको निकटतम प्रतिस्पर्धी कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा दावादोर्जे लामाले ६१५ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै सचिवमा नवराज सिलवालले ५६८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, उपसचिवमा प्रेम कुमार महर्जनले ५९९ मत प्राप्त गरी विजयी भए । महिला उपसचिवमा भक्त कुमारी लामाले ५३६ मत लिएर विजयी भएकी छिन् । एमालेको बागमती प्रदेश पहिलो अधिबेशन असोज ८ गतेबाट काठमाडौंमा सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार