दोलखाबाट एमाले बागमती प्रदेश कमिटीमा कोको परेत ? (नामवलीसहित)

  गाैरीशंकर टाइम्स संवाददाता  157 पटक हेरिएको

काठमाडौं । नेकपा (एमाले) वागमती प्रदेश कमिटीको प्रथम अधिवेशन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि असोज १२ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार कैलाश ढुङ्गेल ६९६ मत प्राप्त गरी विजयी भएका हुन् ।

प्रदेश कमिटीको पहिलो अधिबेशनबाट दोलखाका १४ जनाले स्थान पाएका छन् । बागमती प्रदेशसभा सांसद रहेका भरत बहादुर केसी(भिमेश्वर), जिरी नगरपालिकाका पूर्व मेयर टंक बहादुर जिरेल(जिरी), बालकृण शिवाकोटी(कालिन्चोक), हरिवंश चौलागाई(भिमेश्वर), धर्मेन्द्र मोक्तान(मेलुङ), कालिका पाठक(कालिन्चोक) र उर्मिला खड्का(तामाकोसी) रहेका छन् । त्यस्तै उर्मिला थामी(गौरीशंकर), रोचकुमारी चौलागाई(वैत्यश्वर), जानुका न्यौपाने(भिमेश्वर), कृष्ण भुजेल(विगु), टेक घतानी(भिमेश्वर), शुभराज पोखरेल(तामाकोसी) र लक्ष्मण गुभाजु(जिरी) प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।

त्यसैगरी, प्रदेश कमिटीको अधिवेशन असोज ८ गते काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले भव्य समारोहबीच उद्घाटन गरेको थिए । अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी र निर्वाचन तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार