दोलखा । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले जडिबुटी तथा वनपैदावर संकलनको लागि आवेदन आह्वान गरेको छ । आयोजनाले संरक्षण क्षेत्रभित्र रहेका वन क्षेत्रहरुमा आर्थिक वर्ष २०८०/८१ को लागि ६२ प्रजातिको जडिबुटी तथा वनपैदावर संकलनका लागि निवेदन आह्वान गरेको हो ।
संरक्षण क्षेत्रभित्र वनपैदावर संकलनको गर्न आश्विन १४ देखि कात्तिक १० गतेभित्र निवेदन दिइसक्नुपर्नेछ । निवेदनमा संकलन गर्ने समय, परिमाण र प्रजातिसमेत खुलाउनुुपर्ने संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आयोजनाले यस आर्थिक वर्षमा ६२ प्रजातिको वनपैदावर संकलन स्वीकृति दिएको छ ।
त्यसैगरी, आयोजनाले तोके अनुसार सवैभन्दा बढि ८० हजार दुई सय केजीसम्म अर्गेली र सवैभन्दा कम एक सय केजीसम्म यार्सा गुम्बा संकलन गर्नसक्ने जनाएको छ । व्यवसायीहरुले आयोजनाको संरक्षण क्षेत्रभित्र समितिको कार्यक्षेत्रमा रहि वनपैदावर संकलनको लागि निवेदन दिइनुपर्नेछ । ओयोजनाले जडिबुटी संकलन तथा निकासीको लागि निश्चित समय तोकिएको छ ।
संकलन गर्न पाइने सुची