काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको सहमति अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।
टिकट बुकिङका लागि सबै व्यवस्थापन तयारी गरी खुला गरिएको यातायात व्यवस्था विभागले जनाइएको छ । हरेक वर्ष दशैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।
हरेक वर्ष यात्रुको चापलाई मध्येनजर गरेर काठमाडौंबाट पूर्व र पश्चिम जाने लामो दुरीका सवारी साधनका लागि दसैंअघि नै टिकट बुकिङ खुलाइन्छ । अग्रिम टिकट खुलेको पहिलो दिन नै बसपार्कमा टिकट काट्नेको भीड लागेको छ । आज बिहानै सयौंको संख्यामा मानिसहरू बसपार्कमा टिकट लिने लाइनमा रहेका थिए । समितिलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।
सोमबार टिकट लिनका लागि विहानै नयाँ वसपार्क पुगेका झापाका एक यात्रु टिकटनै नपाई फर्कनु पर्याे । उनले टिकट अग्रिम बुकिङ खुलाएपनि पाउनै कठिन भएको गुनासो गरे । उनका अनुसार पहुँचवलाले मात्र ओगट्ने र सर्वसाधरणलाई बढि सास्ती दिएको बताए । अग्रिम बुकिङ खुलेको पहिलो दिनमै कतिपय यात्रुहरु टिकट नपाएर रित्तो हात फर्कनु परेको थियो ।
त्यसैगरी, आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल मर्मत गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्देशन दिएको बताए ।