उत्तेजित भाषणले दुर्गा प्रसाँईलाई कालो मोसो

  गाैरीशंकर टाइम्स संवाददाता  185 पटक हेरिएको


काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलेका छन् । जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि अज्ञात समूहले कालोमोसो दलेका हुन् ।

प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका क्रममा प्रसाईंमाथि कालोमोसो दलिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीका अनुसार प्रसाईंलाई उद्धार गरेर प्रहरी वृत्त दरबारमार्ग लगिएको बताए।

‘उहाँमाथि कालोमोसो दल्ने प्रयास भएको खबरपछि उद्धार गरेर प्रहरी वृत्त ल्याएका छौं,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ ।’ प्रसाईंलाई कसले कालोमोसो दलेको हो भन्ने कुरा खुलाएको छैन ।

उनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक दलप्रति केन्द्रित भएर उत्तेजित भाषण गरेका थिए । त्यसै पत्रकार सम्मेलनको भाषणका विषयलाई लिएर मोसो दलिएको हुनसक्ने प्रहरीले बताए । तर कसले, के विषयमा मोसो दलिएको हो भन्ने बारेमा कुनै कुरा खुलाएको छैना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार