सवारी अनुमतिपत्रको आवेदन र नवीकरण दस्तुर अनलाइनबाटै तिर्न सकिने

  गाैरीशंकर टाइम्स संवाददाता  123 पटक हेरिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र नवीकरण दस्तुर अनलाइनबाट तिर्न सकिने भएको छ ।​ पहिलो चरणमा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट यो सेवा सञ्चालन हुन लागेको हो ।

बिहीवार एक कार्यक्रम गर्दै अनलाइन माध्यमबाट राजस्व भुक्तानी गर्न सकिने सेवाको उद्घाटन गर्न लागेको उक्त कार्यालयका प्रमुख राजकुमार कपालीले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा दशैंपछि उपत्यकाका यातायात व्यवस्था कार्यालय र तेस्रो चरणमा देशैभर यो सेवा लागू गरिने बताए ।

अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने सेवा सुरु भएपछि कार्यालयमा कामको भार ५० प्रतिशतले घट्ने उनको विश्वास छ । उनका अनुसार सवारी चालक अनुमति पत्र नवीकरण र सवारी चालक अनुमति पत्रको नयाँ फाराम भरिसकेपछि बुझाउनुपर्ने राजस्व अनलाइन प्रणालीबाटै भुक्तानी गर्न सकिने बताए ।

त्यसैगरी, सेवाग्राहीले अनलाइनबाटै राजस्व भुक्तानी गरी कार्यालयमा बायोमेट्रिक्स र मेडिकलका लागि मात्र उपस्थित हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार