काठमाडौं । दैनिक उपभोग्य बस्तुको रुपमा लिने चिनी बजारमा हाहाकार भएको छ । दसैंको मुखमा बजारमा उपभोक्ताहरूले चिनी पाउन छाडेका छन् ।
बजारमा दैनिक उपभोग्य बस्तु चिनी नपाउँदा उपभोक्तालाई दसैं आएको अनुभूति हुन सकेको छैन । एक महिनादेखि नै चिनीको आपूर्ति कम हुन थालेको खुद्रा व्यवसायी संघका कोषाध्यक्ष बसन्त श्रेष्ठले बताए । उनकाअनुसार अधिकांश होलसेल पसलमै चिनीको नभएको वताए । कुनै होलसेलमा चिनी पाएपनि महँगो मूल्यका कारण खुद्रा व्यापारीले ल्याउन सकेका छैनन् ।
उपभोत्ताले बजारमा चिनी कतै पाइहाले पनि महंगो दरमा खरिद गर्नुपर्ने हुन्छ । बजारमा ठुला व्यापारीले कृत्रिम अभाब सिर्जना गरेर चिनीको कालो बजारी गरिरहेको छ । चाडवाडको मुखमा महंगी र अभावले सर्वसाधरण जनताहरु दोहोरो मारमा परेको छ । तर, सरकारले बजार अनुगमन गर्ने कुनै तत्परता देखाएको छैना ।
सरकारले गत आइतबारदेखि गरेको सहुलियत पसल गरेको छ । तर, बजारमै अभाव भएपछि सहुलियत पसलमा पनि उपभोक्ताले चिनी पाउन सकेका छैनन् । सहुलियत पसलमा चिनी राख्न वाणिज्य विभागले उद्योगीसँग चिनी सापटी समेत मागिरहेको छ ।
वाणिज्य विभागका सूचना अधिकारी आनन्दराज पोखरेलकाअनुसार उद्योगीसँग एक लाख ८८ हजार टन चिनी मौज्दात बताए । तर, आधाभन्दा बढी चिनी कोकाकोला, पेस्सी लगायत बढी चिनी खपत हुने कम्पनीले खरिद गरेर उद्योगमै राखेका हुनाले बजारमा चिनी जान नसकेको बताएका छन् ।
कम्पनीले उद्योगका लागि खरिद गरेको चिनीबाट केही परिमाण चिनी सहुलियत पसलका लागि दिन विभागले अनुरोध गरेको हो । विभागका सूचना अधिकारी पोखरेलले उद्योगीहरुसँग चिनी सापटी मागेर भएपनि बजारमा अभाव हुन नदिने बताए ।
त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैं, तिहारलाई चिनी अभाव हुन नदिने बताएको छ । चिनी अभाव हुन नदिन मन्त्रालयले विभिन्न प्रयास गरिरहेको मन्त्रालयको प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए ।