इजरायलबाट परराष्ट्रमन्त्री एनपी साउदसहित काठमाडौ आइपुगे नेपाली

  गाैरीशंकर टाइम्स संवाददाता  86 पटक हेरिएको

काठमाडौं । सरकारले युद्धग्रस्त क्षेत्र इजरायलमा रहेका नेपालीको उद्धार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार विहान दुई सय ५४ जना नेपालीको उद्धार गरी काठमाडौं आइपुगेका छन् ।

सरकारले बुधबार परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा विमान लिएर इजरायल पठाएको थियो । शुक्रबार विहान नेपालीहरुलाई लिएर काठमाडौं आइपुगेका परराष्ट्रमन्त्री साउदले नेपालीलाई सुरिक्षत राख्न इजरायल सरकार तयारी अबस्थामा रहेको बताए । उनले इजरायल सरकार नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित रहेको जानकारी दिए ।

मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्दारका लागि आवश्यका अनुसार विमान पठाइने बताए । मन्त्रिपरिषद्ले व्यवसायीक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सगज छ, नेपाली दूताबासलाई निर्देशन गरिसकेको छ ।’ इजरायलबाट आउन चाहने ५ सय ३ जनाले नेपाल फर्कन नाम टिपाएको दूताबासले जनाएको छ ।

प्यालेस्टाइनको हमास समूहले गत शनिबार इजरायलमाथि आक्रमण गरेपछि सरकारले त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश ल्याउन बुधबार राती नेपाल एअरलाइन्सको जहाज पठाएको थियो । सोही जहाजबाट उनीहरू दुबई हुँदै काठमाडौं आइपुगेका हुन् ।

त्यसैगरी, हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव भने ल्याइएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार