काठमाडौं । दसैं नजिकिएसँगै किनमेलका लागि मानिसहरूको भीडभाड बढ्न थालेको छ । राजधानी काठमाडौंका मुख्य शहरहरूमा दसैंको सामान किनमेल गर्ने मानिसहरूको उल्लेख्य भीड बढेको हो ।
राजधानीको ईन्द्रचोक, असन, बिशालबजार लगायतको मुख्य सहरको व्यवसायिक क्षेत्रमा दसैंको लागि सामान किनमेल गर्नेको निकै भीड बढेको छ । विशेष गरी खाद्यान्न, लत्ताकपडा, गरगहना, मरमसलालगायत किनमेल गर्न आउने ग्राहकहरूको चाप बढेको हो । आइतबार घटस्थापनाको दिन जमरा राखेसँगै दसैं सुरू हुन्छ ।
मानिसहरु दशै मनाउनका लागि राजधानी बाहिरीन थालेको छ । मानिसहरु राजधानीबाट घर जानको लागि अग्रिम टिकट बुकिङ गरी सकेको छभने, कतिपय यात्रुहरु टिकट काट्ने तयारीमा छन् ।
त्यसैगरी, हिजो आज राजधानीको मुख्य शहर, सपिङ्ग मल लगायत न्युरोड, विशालबजार, इन्द्रचोक, असन, बौद्ध, चावहिल लगायतको क्षेत्रमा भिडभाड बढेको छ । त्यस्तै गाडी तथा जहाजको टिकट बुकिङ्ग गर्न काउन्टरहरुमा पनि चाप बढेको छ ।