दोलखामा सभामुख घिमिरेद्धारा स्वास्थ्य केन्द्र उद्घाटन

  गाैरीशंकर टाइम्स संवाददाता  110 पटक हेरिएको

दोलखा । विगु गाउँपालिकास्थित चिलंखामा नवनिर्मित चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र भवन उद्घाटन गरिएको छ । नव निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको भवन संघीय सभाका सभामुख देवराज घिमिरे र ब्रेपाल ईभिका अध्यक्ष डाक्टर क्लाउस एकर्टद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

शनिबार सम्पन्न भवन उद्घाटन कार्यक्रम चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका संयोजक प्रवीण खड्काको अध्यक्षता र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रतिनिधि सभाका सांसद इश्वरी रिजाल, बागमती प्रदेश सभाका सांसद भरत बहादुर केसी र ठूला थामी, विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली र श्याम भेटवाललगायतको उपस्थिति रहेको थियो । नवनिर्मित भवन करिव तीन करोड लागतमा निर्माण गरिएको संयोजक खड्काले बताए ।

ब्रेपाल ईभि जर्मनी र नेपाल हेल्पको आर्थिक तथा व्यवस्थापकीय सहयोगद्धारा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो । भौगोलिक जटिलताका कारण स्थानीयले समयमै उपचार गर्न नपाई अकालमै ज्यान गुमाउनु पर्ने भएकाले गाउँमानै सुविधासम्पन्न स्वास्थ्य केन्द्र निर्माण गरिएको आयोजकले बताएका छन् । गाउमै सुविधासम्पन्न स्वस्थ्य केन्द्र सञ्चालन भएपछि दुरदराजका स्थानीयले उपचारका लागि जिल्लाको सिंगटी, दोलखा र सदरमुकाम चरिकोट धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार