काठमाडौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।
निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एघार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ५ रूपैयाँ घटाएको जानकारी दिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १६५ रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६७ रूपैयाँ पर्नेछ । तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १७२ रूपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टीतेल १६८ रूपैयाँ पर्नेछ ।
त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत रहेको नेपाल आयल निगमले जनाएकोछ ।
मुल्य सुचि