आजदेखि नयाँ नोट साट्न पाइने, एक जनाले कति पाउछन् ?

  गाैरीशंकर टाइम्स संवाददाता  153 पटक हेरिएको

काठमाडौं । आजदेखि राष्ट्र बैंकले नयाँ नेपाली नोट साटन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आजदेखि नयाँ नोट वितरण गर्न लागेको हो ।

जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्ब साधारणलाइ दिदैँछ । जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुबिधा दिएको हो ।

काठमाडौं उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिने गरी ब्यबस्था मिलाएको छ ।

त्यसैगरी, राष्ट्र बैङ्कले हरेक बर्ष दशै‌ अगाबै चाडबाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्बसाधारणलाई दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएको छ । प्रति ब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको बव्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार