काठमाडौं । नेपाल प्रहरीले काठमाडौंका मुख्य सार्वजनिक स्थानहरुमा ड्रोनबाट सुरक्षा दिईने भएको छ । विगतमा चाडपर्वहरुको अवधिमा देखिएका विभिन्न जोखिमलाई मध्येनजर गरी मुख्य शहरको सार्वजनिक ठाउँमा ड्रोनबाट अतिरित्त सुरक्षा व्यावस्था मिलाएको हो ।
चाडपर्वको वातावरणलाई सुरक्षित बनाउने उद्धेश्यले काठमाडौंका बढि भिडभाड तथा जमघट हुने सार्वजनिक स्थल, आवतजावतका नाका, किनमेल हुने मुख्य-मुख्य क्षेत्रहरुमा ड्रोनद्वारा अतिरिक्त सुरक्षा प्रबन्ध गरिएको हो । प्रहरीले चाडपर्वमा कुनै अप्रिय घट्ना नहोस भनेर अतिरिक्त सुरक्षा व्यवस्था गरिएको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले सबै युनिटलाई आफ्नो क्षेत्रको सुरक्षा अवस्था विश्लेषण गर्न र सोही अनुसारको सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको थियो । दशै, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना बनाएर लागु गरिएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।
प्रहरी नायब महानिरिक्षक कडायतका अनुसार चाडपर्वका बेला पैदल गस्ती, मोबाईल गस्ती, सादा पोसाकामा प्रहरी खटाउने तथा सीसीटिभीबाट समेत निगरानी बढाउने तयारी रहेको बताए । प्रहरीले बैंक, वित्तिय संस्था तथा नगद र बहुमुल्य गर-गहनाको कारोबार हुने स्थानहरुमा बढि निगरानी बढाएको छ ।
त्यसैगरी, चाडपर्व लक्षित गरी देशभर ५० हजार प्रहरी सुरक्षाका लागि परिचालन गरिएको छ ।