आजदेखि काठमाडौंमा एनआरएनको ११औ अन्र्तराष्ट्रिय महाधिबेशन हुदै

  गाैरीशंकर टाइम्स संवाददाता  114 पटक हेरिएको

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । एनआरएनको महाधिवेशन आजदेखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुन लागेको हो ।

काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको आयोजकले जनाएकोछ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा अध्यक्षमा पाँच जनाले दाबी गरेका छन् ।

वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा दाबी गरेका छन् । केसी, श्रेष्ठ र शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब चार हजारभन्दा बढीको सहभागिता रहने एनआरएनएले जनाएको छ ।

यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए । उहाँका अनुसार पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिने जनाएको छ । संघमा विश्वभरबाट ९६ हजार ८ सय ५० सदस्य सूचीकृत रहेकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार