काठमाडौं । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन सुरु गरेको छ । प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले उपत्यकाका पेट्रोल पम्पहरुमा अनुगमन गरेको थियो ।
पटक पटक गुनासो आए पनि नेपाल आयल निगम र नेपाल गुणस्तर तथा नाप तौल विभागले अटेर गरिरहेका थिए । तर, मंगलबार ती कार्यालयका अधिकारीसहित प्रधानमन्त्री कार्यालय र सर्तकता केन्द्रका अधिकारी पम्पमा पुगेका थिए ।
सो क्रममा गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको छ । अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न अधिकारीले बताएका छन् । चेकजाँच गर्दा लिटरमा परिमाण कम गरेर ठगेको पाइएकाले सिल गरेको अनुगमनमा खटिएका अधिकारीले बताए । त्यसअघि नयाँ बानेश्वरको थ्री ब्रदर्स पेट्रोल पम्पमा पनि अनुगमन गरिएको थियो ।
हरेक दिन कम्तीमा २० हजार लिटर पट्रोल बिक्री गर्दा पप्पबाट ८० लिटर पेट्रोल कम हुने देखिएको अनुगमनमा संलग्न अधिकारीहरुले बताएका छन् । काठमाडौंकै पम्पमा कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि बुधबार संयुक्त अनुगमन टोलीले थप २ वटा पप्पमा पनि यस्तै प्रकृतिको अनुगमन गरेको छ ।
त्यसैगरी, लामो समयदेखि अनुगमन नभएका काठमाडौंका पम्पहरुमा केन्द्रीय अनुगमन कार्यालयबाट अनुगमन भएसंगै पम्पहरुको ठगीधन्दा खुलेको हो ।