धादिङ केन्द्रबिन्दु गरी, ६.१ रेक्टर स्केलको भूकम्प

  गौरीशंकर टाइम्स संवाददाता  35 पटक हेरिएको

काठमाडौं । आइतबार बिहान धादिङ, खरी केन्द्रविन्दु भएर भूकम्प गएको छ । विहान ७ बजेर ३९ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौं उपत्यका, धादिङ, काभ्रे, चितवनलगायतका क्षेत्रमा धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए । २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बाकपाक केन्द्रविन्दु गरी भूकम्प गएको थियो। त्यस्तै २०७२ वैशाख २९ गते दोलखा र सिन्धुपाल्चोकको सिमाना केन्द्र गरी भूकम्प गएको थियो ।

त्यसयता परकम्पन गइरहे पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गर्न रोकिएको थियो । पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पनि पटकपटक भूकम्प गइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार