इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं ल्याइयो

  गौरीशंकर टाइम्स संवाददाता  133 पटक हेरिएको


काठमाडौं । इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थी मध्ये ३ जनाको शव नेपाल आइपुगेको छ । आइतबार विहान ३ जनाको शव त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

उनीहरुको शव छुट्टाछुटै ३ वटा जहाजमा ल्याइएको विमानस्थलले जनाएको छ । इजरायलमा असोज २० गते गाजामा हमास समूहको आक्रमणमा परेर दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो । इजरायल सरकारले पहिचान भएका चार जनाको शव कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू नेपाल पठाएको हो ।

पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने जनाइएको छ । अन्य बाँकी छ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गरिरहेको दूतावासले जनाएको छ । काठमाडौं आइपुगेका शवहरू आइतबारनै नेपाली सेनाको हेलिकप्टरबाट धनगढी लैजाने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार