दोलखा । भिमेश्वर नगरपालिकास्थित चर्नावती खोला नजिकै मोटरसाईकल दुर्घट्नामा परी एक पुरुषको मृत्यु भएको छ । गौरीशंकर गाउँपालिका–५, सुरी स्थायी निवासी ४० वर्षिय रामकुमार खड्काको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।
खड्का काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको प्रदेश २–४४ प ६८८३ नम्बरको मोटरसाइकल दुर्घट्नामा परेका हुन् । मंगलबार मध्यान्ह भीमेश्वर नगरपालिका ७ मा भएको दुर्घट्नामा गम्भिर घाईते भएका खड्कालाई उपचारका लागि दोलखा सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो ।
उनको मंगलबार सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । उनी नेपाली सेनाबाट अवकास प्राप्त पूर्व सेनासमेत हुन् ।