दोलखा । गौरीशंकर गाउँपालिका ५, सुरीमा ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन उद्धघाटन गरिएको छ । गौरीशंकरको ईलाका प्रहरी कार्यालयका नवनिर्मित भवन विहीबार एक कार्यक्रम आयोजना गरी औपचारिक उद्घाटन गरिएको हो ।
पालिकामा स्थापित ईलाका प्रहरी कार्यालय बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धुर्ब गैँडाले उद्घाटन गर्नुभयो । सो इलाका प्रहरी कार्यालय बागमती प्रदेश सरकारको ३ करोड ५४ लाख ४९ हजार ५ सय ७१ रुपैयाँको लागतमा स्थापना गरिएको पालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा डिआईजि किरण राणा, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरिक्षक डिएसपि दिपक खड्का लगायतको उपस्थिती रहेको थियो । गौरीशंकरमा ईलाका प्रहरी कार्यालय स्थापना भएपश्चात जिल्लाको उत्तरी नाकामा निंग्रानी बढ्ने र अबैध गतिविधि रोकिने जिल्ला प्रहरी प्रमुख एवं डिएसपि खड्काले बताए ।
त्ससैगरी, उत्तरी चिनीयाँ नाका लप्चीबाट गत असोजमा सुन तस्करी भएपश्चात जिल्लाको सुरक्षामा चुनौती बढेको थियो । त्यसयता प्रहरीले स्थानीय लगायत पर्यटकलाई बोर्डरको आवतजावतमा निंग्रानी बढाएको छ ।