गौरीशंकरमा प्रतिपक्ष एमालेको ज्ञापनपत्र

  गाैरीशंकर टाइम्स संवाददाता  249 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिकामा प्रतिपक्ष नेकपा एमाले गाउँपालिका कमिटीले अनावश्यक सवारी साधन खरिद नगर्न ज्ञापन पत्र बुझाएको छ । पालिकामा भईरहेको भ्रष्टचार र वेतिथीको विरुद्धमा एमाले पालिका कमिटिले विहीबार ज्ञापन पत्र बुझाएको हो ।

नेकपा एमालेका पालिका कमिटी अध्यक्ष जंग गुरुङले गाउँपालिकाले विभिन्न जनजिवीकाका मुद्दा उठाउँदै ज्ञापन पत्र बुझाएका हुन् । गुरुङले ज्ञापनपत्र बुझाउने क्रममा स्थानीय सरकारले जनताको विकाश र शुशासनको सपना पुरा गर्नको साटो जनभावना विरोधी कार्य गरिदै आएको बताए ।

सुशासन र विकासको चर्को नारा र प्रचार सहित पालिकामा शासन सञ्चालन गरिरहेका स्थानीय सरकार विकास र सुसासनमा उदासिनता र पालिकाका जनप्रतिनिधी गैर जिम्मेवार रहेका, देशको विद्यमान आर्थिक मन्दि र त्यसले निम्त्याएको निरासापनले आक्रान्त पारेको, स्थानीय तहका सरकारले शुशासन र विकासमा आशा जगाउने काम गर्न नसकेको हुँदा पालिकालाई ज्ञापन पत्र वुझाईएको पालिका कमिटी अध्यक्ष जंग गुरुङले बताउनुभयो । उनले स्थानीय सरकारले जनतालाई कुनै राहत दिन नसकेको र निराशा मात्रै बनाएको बताए ।

स्थानीय सरकारले आवश्यकतानै नभएको सवारी साधन खरीद गरी पालिकालाई थप आर्थिक भार लगाएको समेत ज्ञापनपत्रमा उल्लेख गरेकोछ । उनले तत्कालै उक्त कार्य रोकी विकास निर्माण, आयाआर्जनमुखी र बेरोजगारी निर्मुल पार्ने कार्यक्रम ल्याउन आग्रह समेत गरेका छन् । पालिकाले गत कात्तिक १ गते ९ वटा मोटरसाइकल खरिदका लागि सार्वजनिक सूचनासमेत निकालेको थियो ।

त्यस्तै, गुरुङद्वारा जारी विज्ञप्तीमा सरकारी एम्बुलेन्सबाट चर्को शुल्क असुलेको, विकास निर्माणमा लापरवाही गरेका जस्ता जनजिविकाका विषयहरु उल्लेख छन् । विज्ञप्तीमा गाउँपालिकाभित्र विकास शुसानमा देखिएको ढिलासुस्तिले गौरीशंकर बासीको सुख र समृद्धिमा समेत कालो बादल छाएको उल्लेख गरेको छन् ।

ज्ञापनपत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार