काठमाडौं । सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरिदिएको छ । पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो ।
अदालतले कैद मिनाहा गरे लगत्तै प्रहरीले योगराज ढकाल ९रिगल० लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको जानकारी दिए । सर्वोच्चको आदेशपछि रिगललाई नेपालगञ्जबाट बिहीवारनै पक्राउ गरिएको प्रहरी उपरीक्षक बोहराले बताए।
रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते संविधान दिवसमा राष्ट्रपतिले आममाफी दिएका थिए । उनले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।
त्यसैगरी, सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ ।