काठमाडौ । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मुललपानी मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनौट भएको हो ।
नेपाल सन् २०२४ हुने टी–२० विश्वकप खेलका लागि छनोेट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । आजको खेलमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।
यस्तै अमेरिका क्वालिफायरबाट क्यानाडा छनोट भएको छ भने एसिया क्वालिफायरबाट नेपाल र ओमान छनोट भएका छन् । अब अफ्रिका क्वालिफायर नामिबियामा २२ देखि ३० नोभेम्बरसम्म हुँदैछ । त्यो सकिएपछि मात्रै विश्वकपको ड्र हुनेछ ।
नेपालले सन् २०२४ को विश्वकपमा छनोट हुन यसपटक लागि चार टिम सम्मिलित समूहमा सुरूमा शीर्ष दुईमा पर्यो। घरेलु मैदानमा भएको सेमिफाइनलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भयो । यससँगै नेपालले १० वर्षमा दोस्रो पटक विश्वकप खेल्न लागेको हो ।