राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत

  गाैरीशंकर टाइम्स संवाददाता  95 पटक हेरिएको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल तीन देशको भ्रमणमा जाने भएका छन् । राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिको तीन देशको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको हो । सुरूमा राष्ट्रपति पौडेल फ्रान्सको पेरिसस्थित पिस फोरममा सहभागी हुनेछन् । त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम रहेकोछ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।

त्यसैगरी, राष्ट्रपति पौडेल भ्रमणका लागि कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसिर १ गते स्वदेश फर्कने कार्यक्रम रहेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार